काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिले कात्तिक १० गतेदेखि लागू हुनेगरी राजीनामा स्वीकृत गर्दै नायव प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ ।
२०७७ माघबाट कम्पनीको सिइओमा नियुक्त भएका दिनेशलालको कार्यकाल २०८१ मा थप गरिएको थियो । उनको कार्यकाल २०८५ पुससम्म भएपनि सकिन २ वर्ष बाँकी रहँदै राजीनामा गरेका हुन् ।
प्रतिक्रिया