काठमाडौ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ७४ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ४।३२ प्रतिशतले धेरै हो । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १२ करोड २१ लाख रुपैयाँ कमाएको थियो । त्यस्तै सो बैंकको जगेडा कोषमा २६ अर्ब २१ करोड ६७ लाख १७ हजार रहेको छ । जसका कारण बैंक बलियो रहेको स्पष्ट सन्देश दिन्छ ।
त्यस्तै बैंकको खराव कर्जा भने बढेर ९.८१ प्रतिशत पुगेको छ । जुन गत आर्थिक बर्षको सोही अवधिमा भने जम्मा ६.९९ प्रतिशत मात्र खराव कर्जा रहेको थियो ।
त्यस्तै यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब १८ करोड ६४ लाख ५५ हजार रुपैयाँबाट घटेर ९२ करोड ९४ लाख १७ हजार रुपैयाँ रहेको छ ।
जसले बैंकलाई नाफा बढाउन सहयोग गरेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी, सन्चालन नाफा भने घटेको छ ।
खुद ब्याज आम्दानी २ अर्ब २८ करोड ६० लाखबाट घटेर १ अर्ब ८८ करोड ९२ लाख रहेको छ । यस्तै सन्चालन नाफा १९ करोड ३५ लाखबाट घटेर १६ करोड १४ लाख रहेको छ । बैंकको वितरणयोग्य नाफा १५ अर्ब ३९ करोड ६१ लाख १२ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ३।३५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७२।३३ रुपैयाँ रहेको छ । बैंकसँग १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
यस अवधिमा बैंकले ३ खर्ब ४१ अर्ब ८४ करोड ९५ लाख हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ९१ अर्ब २० करोड ६ लाख १२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया