वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बेतन कर्णालीले पायो उत्पादन अनुमति

बेतन कर्णालीले पायो उत्पादन अनुमति
अर्थटुडे
२०८२ असार २९, आईतवार

काठमाडौं । बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण (उत्पादन) को अनुमति पाएको छ । विद्युत विकास विभागकोे असार १५ गतेको निर्णय अनुसार कम्पनीले आयोजना निर्माणको अनुमति पाएको हो ।

जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडसँगको विवादका कारण लामो समयसम्म कम्पनीले आयोजना निर्माणको लागि अनुमति पाएको थिएन । कर्णालीको टेलरेस लेभल (पानी बाहिर निस्कने स्थान) र बेतन कर्णालीको फुल सप्लाई लेभल (बाँधको माथिल्लो तह) बीचमा २ मीटरको दूरी राख्ने शर्तसहित विवाद टुंगिएपछि विभागबाट आयोजना निर्माण अनुमति पाएको हो ।

बेतन कर्णाली जलविद्युत् आयोजना ४३९ मेगावाट क्षमताको हो । जीएमआर अपर कर्णाली हाइड्रोपावरसँगको सिमाना विवाद टुंगिएसँगै विभागले बेतन कर्णालीलाई उत्पादन अनुमति दिएको विभागका महानिर्देशक नवीन सिंहले बताए । आयोजनाले विद्युत् उत्पादन अनुमति माग्दै विभागमा २०८१ भदौ १७ मा आवेदन दिएको थियो ।

यसअघि २०८० को मङ्सिर ५ मा बेतन कर्णालीको बाँध क्षेत्रको पानीले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको टेलरेसमा असर गर्ने भन्दै जीएमआरले आपत्ति जनाउँदै वन तथा वातावरण मन्त्रालयमा पत्र पठाएको थियो ।

आफ्नो आयोजनालाई असर पर्ने भएकाले जीएमआरले कुनै पनि हालतमा बेतनलाई निर्माण अनुमति नदिन नेपाल सरकारलाई उक्त पत्रमार्फत आग्रह गरेको थियो । जीएमआरको विरोधका कारण आयोजनाले निर्माण अनुमति प्राप्त गर्न लामो समयदेखि संघर्ष गरेको बेतन कर्णाली आयोजनाका प्रबन्ध निर्देशक अर्थटुडेसँग बताए ।

सुर्खेत जिल्लाको चौकुने र अछामको ढकारी गाउँपालिकाको सिमानामा कर्मचारी सञ्चय कोषको लगानीमा बेतन कर्णाली जलविद्युत् परियोजना बन्दै छ । यो परियोजना कोषका सञ्चयकर्ता ४० प्रतिशत, संस्थागत रूपमा कोष १५ प्रतिशत, विद्युत् उत्पादन कम्पनी र नेपाल विद्युत् प्राधिकरण १०–१० प्रतिशत संस्थापक शेयरधनी हुने गरी बनाउन लागिएको हो ।

सम्बन्धीत समाचारहरू

कोषको अवैध कम्पनी काण्ड: जनार्दन शर्माकै दबाबमा स्थापना गरिएको थियो वेतन कर्णाली

कोषको अवैध कम्पनी काण्ड: जनार्दन शर्माकै दबाबमा स्थापना गरिएको थियो वेतन कर्णाली

कर्मचारी संचय कोषले प्रवर्द्धन गरेको कम्पनी बेतन कर्णाली अवैध, ६६ करोड जोखिममा

कर्मचारी संचय कोषले प्रवर्द्धन गरेको कम्पनी बेतन कर्णाली अवैध, ६६ करोड जोखिममा

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?