वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाली कामदारहरुको लागि छ्ट्टै भिसा सेन्टर स्थापना गर्दै कोरिया सरकार

नेपाली कामदारहरुको लागि छ्ट्टै भिसा सेन्टर स्थापना गर्दै कोरिया सरकार
अर्थटुडे
२०८२ कार्तिक १७, सोमबार

काठमाडौ । नेपाली कामदारहरुलाई कोरिया रोजगारीका लागि लैजान सहज होस भनेर कोरिया सरकारले छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको कोरियाली राजदुत पार्क ते यङले जनाएका छन् ।

सोमबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत पार्क ते यङबीच भेटका क्रममा उनले सो कुरा बताएका हुन् । राजदुत पार्कले ईपियस प्रणाली अन्तर्गत रोजगारीका लागि कोरिया गई फर्किएका नेपाली नागरिकहरूको उद्यमशिलता प्रवर्धनका लागि नयाँ व्यवसाय सञ्चालन गर्न कोइकाको सहयोगमा कृषि विकास बैंक मार्फत सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने प्रकृया अगाडी बढाएकाे बताए । त्यस्तै उनले साेकाे लागि आवश्यक सहजीकरण गर्न समेत अनुरोध गरे ।

त्यस्तै भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा गर्दै  कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरुको अवस्था सन्तोषजनक रहेको र कोरियासँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताए ।

भेटको अवसरमा राजदुतले कोरियन लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न र नेपाली उत्पादनहरुको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गर्ने विषय उल्लेख गरे ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?