वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाँकी समय सरकारसँग मिलेर काम गर्छुः शाक्य

बाँकी समय सरकारसँग मिलेर काम गर्छुः शाक्य
अर्थटुडे
२०८२ मंसिर २४, बुधबार

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारसँग मिलेर काम गर्ने बताएका छन् । सर्वोच्च अदालतको परमादेशबाट कारीकारी निर्देशकमा पुनस्र्थापित भएका शाक्यले बुधबार कार्यभार सम्हाल्दै बाँकी अवधि सरकारसँग मिलेर काम गर्ने बताएका हुन् । उनको कार्यकाल अव तीन बर्ष मात्र बाँकी छ ।

उनले आगामी दिनमा सरकारसँग मिलेर उत्कृष्ट नतिजा आउने गरी काम गर्ने बताए । ’उर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले शाक्यलाई कुनै प्रक्रिया नै नपु¥याई हटाउन मन्त्रीपरिषद्मा प्रस्ताव लगेका थिए । सोही प्रस्तावलाई मन्त्रीपरिषद्ले पारित गरेको थियो ।

शाक्यलाई प्राधिकरणबाट जल तथा उर्जा आयोगमा सरुवा गरी प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को ५ असोजको निर्णय कानुनविपरीत भएको भन्दै सर्वोच्चले सोमबार खारेज गरिदिएको थियो ।

उनले अबका दिनमा प्राधिकरण आफैले विद्युत उत्पादन बढाउने बताउँदै विगत लामो समयदेखि प्राधिकरणले आफूले विद्युत उत्पादन नगरेको र नीजि कम्पनीहरुले मात्र उत्पादन गरेको बताए । प्राधिकरणमा तीन दशकभन्दा लामो समय आफूले निश्वार्थ सेवा गरेको सम्झँदै उनले भने, ‘म आत्तिएको छैन । प्राधिकरण र देशको सेवामा लागिरहनेछु ।’

अदालतले समयमै मुद्दाको सुनुवाई गरेका कारण आफूले न्याय पाएको उनको दाव छ । पहिले ३५ पटक पेसी चढेको मुद्धा यो पटक भने समयमा नै सुनुवाइ भएर न्याय पाएको शाक्यले भने ।

परमादेशसम्बन्धी निर्णय मंगलबार प्राधिकरणमा पुगेपछि शाक्य बुधबार हाजिर हुन गएका हुन् । गत ११ चैत २०८१ मा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त शाक्यलाई जेनजी आन्दोलनपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ आएलगत्तै पदबाट हटाइदिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?