काठमाडाै । वन्डर इनर्जी प्राइभेट लिमिटेडकाे पुँजी बृध्दि गरी एक अर्व पुर्याउने निर्णय गरेकाे छ । कम्पनीकाे आइतबार सम्पन्न साधारणसभाले कम्पनीकाे पुँजी एक अर्व पुर्याउनका लागि ७० कराेड कम्पनीकाे र ३० कराेड आइपीओ जारी गर्ने निर्णय गरेकाे छ । त्यस्तै कम्पनीले बनाइरहेकाे ९ मेगावाटकाे खिम्ती ध्वाँङ् जलविद्युत आयोजनाकाे लागि अावश्यक बैक ऋण लिन कम्पनीकाे संचालक समितिलाइ अख्तियार दिने समेत निर्णय गरेको छ ।
त्यस्तै साे साधारणसभामाले कम्पनीले निर्माण गरिरहेको खिम्ती ध्वाँङ् आयोजनाकाे निर्माण कार्य २०८४ साल चैतमा सम्पन्न गर्नेगरि कार्य भैरहेको जनाएकाे छ । आयोजनाकाे लागि आवस्यक सरकारी जग्गा प्राप्ति र रुख कटानकाे अनुमति बैसाख १५ गतेकाे मन्त्रिपरिषदबाट निर्णय भएको पनि कम्पनीले जानकारी दिएकाे छ ।
साे अायाेजना निर्माणका लागि १ खर्व ९० रूपैयाँ मध्ये १२५ करोड ऋण लगानीकाे लागि एनएमबी बैंकसँग समझदारी अन्तिम चरणमा पुगेको र बाँकी ६५ करोड मध्ये ३५ करोड जुटिसकेको र ३० करोड असाेज भित्रमा जुटाउने गरि काम भैइरहेकाे कम्पनीका कार्यकारी संचालक प्रकाश दुलालले जानकारी दिए ।
प्रतिक्रिया