काठमाडौ । भोटेकोशीमा आएको बाढीमा रसुवा र नुवाकोटका विभिन्न १२ वटा जलविद्युत आयोजनामा कार्यरत ८९४ जना अझै बेपत्ता रहेका छन् । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)का अनुसार नुवाकोट र रसुवामा रहेका ति आयोजनाहरुबाट ६६९ मेगावाट विजुली उत्पादनको लक्ष्य राखिएको थियो ।
बाढीले २८१ वटा संचालनमा रहेका आयोजनामा क्षति पुर्याएको छ भने ३८८ मेगावाटको निर्माणाधिन जलविद्युत आयोजनामा पुर्ण क्षति पुर्याएको छ ।
इप्पानका अनुसार रसुवा जिल्लामा मात्र रहेको ६ वटा आयोजनामा कार्यरत ७२६ जना हराइरहेका छन् । ति आयोजनाहरु ४९४ मेगावाटका रहेका थिए । त्यस्तै नुवाकोट जिल्लाको ६ वटा आयोजनाबाट १६८ जना हराइरहेका छन् । ति आयोजनाबाट १७६ मेगावाट विजुली उत्पादन हुन्छ ।

प्रतिक्रिया