काठमाडौ । आज (असार १ गते) ७ वटै प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक गर्दैछन् । सातवटै प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले आगामी आर्थिक बर्षको लागि आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्न लागेका हुन् ।
केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ । सोही अनुसार प्रदेश सरकारहरुले बजेट ल्याउन लागेका हुन् ।
सवै प्रदेशहरुले प्रदेशसभाको बैठकमा बजेट प्रस्तुत गर्नेछन् । केन्द्रिय राजधानी समेत रहेको बाग्मती प्रदेश सरकारले ३ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै सुदुरपश्चिमले ५ बजे बजेट ल्याउने तयारी गरेको छ ।
त्यस्तै कोसी प्रदेशले दिनको ३ बजे, मधेश प्रदेशले ४ बजे बजेट ल्याउने कार्यक्रम तय गरेका छन् । बाँकी, गण्डकी, लुम्बिनी र कर्णालीले भने कुनै सुचना राखेका छैनन् ।
प्रतिक्रिया