वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

११ महिनामा साढे १५ खर्ब रेमिट्यान्स

११ महिनामा साढे १५ खर्ब रेमिट्यान्स
अर्थटुडे
२०८२ असार २४, मंगलवार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा करिब साढे १५ खर्ब रेमिट्यान्स भित्रिएको छ । विदेशीने नेपालीको संख्या वृद्धि र अमेरिकी डलरको मूल्य समेत उच्च हुँदा रेमिट्यान्स आप्रवाहमा बढेको हो ।

नेपाल राष्ट्र बैंकको अनुसार चालु आवको जेठसम्ममा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।
२०८२ जेठ महिनामा मात्र रेमिट्यान्स आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा १ खर्ब २८ अर्ब ९१ करोड थियो ।

यसैगरी चालु आवको ११ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आवको ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५२ हजार र पुनः श्रम स्वीकृति लिनेको सब्ख्या ३ लाख ८ हजार छ । गत आवको यही अवधिमा अन्तिम श्रम स्विकृती लिनको संख्या ४ लाख २१ हजार तथा पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६१ हजार थियो ।

रेमिट्यान्स बढ्दा देशको चालु खाता, विदेशी मुद्रा संञ्चिती तथा सञ्चिती पर्याप्तता सूचक थप बलियो बनेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?