वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इम्बोस्ड नम्बर प्लेट नजोडे तीन अर्ब खेर जाने: मन्त्री दाहाल

अर्थटुडे
२०८२ भाद्र १९, बिहीबार

काठमाडौं । यातायात मन्त्री प्रेमबहादुर सिंह दाहालले इम्बोस्ड नम्बर प्लेट प्रणालीलाई बिबादित बनाएर कार्यान्वयन नगर्ने हो भने सरकारले ठुलो क्षति बेहोर्नुपर्ने बताएका छन्। उनका अनुसार सवारीसाधनमा नम्बर प्लेट जडान नगरे तीन अर्ब रुपैयाँ क्षतिपूर्ति निर्माण कम्पनीलाई दिनुपर्ने स्थिति आउनेछ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले सरकारले कुनै नयाँ सम्झौता नगरेको स्पष्ट पारे। उनले भने, “सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्न तीन पटकसम्म सम्झौता भएको देखिन्छ। अहिले सरकारको विकल्प छैन—जडान नगर्ने हो भने तीन अर्ब रुपैयाँ तिर्नुपर्छ।”

गत भदौ ९ गते सरकारले अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गरेपछि सत्तारूढ दलकै सांसदहरूले विरोध जनाएका थिए। उनीहरूले यो प्रणाली जनतामाथि थप भार पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

हालसम्म ६ लाख ३५ हजार ४५५ वटा इम्बोस्ड नम्बर प्लेट छापिएको र तीमध्ये करिब ७० हजार १४९ वटा मात्र सवारीसाधनमा जडान गरिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ