वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से अन्तिम समयमा सुधार, परिसूचक २५०९ अंकमा पुग्यो

नेप्से अन्तिम समयमा सुधार, परिसूचक २५०९ अंकमा पुग्यो
अर्थटुडे
२०८२ कार्तिक ९, आईतवार

काठमाडौं । आइतबार सेयर बजार दिनभरको उतार चढावपछि अन्तिम समयमा सुधारिएको छ। साढे २ बजेपछि बढ्न थालेको नेप्से परिसूचक ५.१९ अंकले वृद्धि भई २५०९ अंकमा बन्द भएको छ। दिउँसो ११ः२३ बजे नेप्से २४७० अंकसम्म झरेको थियो, जुन आजको कारोबार अवधिको सबैभन्दा न्यून स्तर रह्यो।

कारोबार रकम भने अझै सुस्त छ — जम्मा २ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ। तिहारअघि अन्तिम कारोबार दिन २ अर्ब ७९ करोडको कारोबार भएको थियो। कुल ९८ कम्पनीको मूल्य बढ्दा १४६ कम्पनीको घटेको र ४ कम्पनी स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

उद्योग समूहमध्ये “अन्य” समूह ३.०५ प्रतिशतले बढ्दै सबैभन्दा अगाडि रह्यो। नेपाल पुनर्बीमाको मूल्य ७.१० प्रतिशतले बढ्दा सो समूहमा उल्लेखनीय सुधार देखिएको हो।

त्यस्तै, जीवन बीमा ०.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०२, निर्जीवन बीमा ०.०८ र व्यापार समूह ०.८१ प्रतिशतले बढे।
तर, बैंकिङ ०.३५, विकास बैंक ०.२९, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर ०.३३, माइक्रोफाइनान्स ०.२३ र लगानी समूह ०.३४ प्रतिशतले घटेका छन्।

सबैभन्दा धेरै मूल्य वृद्धि “समता घरेलु लघुवित्त” को भयो, जसको मूल्य ८.८९ प्रतिशतले बढ्यो। त्यसपछि हिमालयन पावर पार्टनर ९७.६३५०, नेपाल पुनर्बीमा ९७.१०५०, महिला लघुवित्त ९६.०५५०, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ९५.७०५० र भूगोल इनर्जी ९५.०८५० रहेका छन्।

उता, तारागाउँ रिजेन्सीको मूल्य ७.१६ प्रतिशत, भगवती हाइड्रोपावरको ७.१३, एसियन हाइड्रोपावरको ५.१६, उन्नति सहकार्य लघुवित्तको ४.७२ र आत्मनिर्भर लघुवित्तको ४.६२ प्रतिशतले घटेको छ।

आज सबैभन्दा बढी कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, सिद्धार्थ बैंक डिबेन्चर ८९, युनियन हाइड्रोपावर, हिमालयन पावर पार्टनर र हिमालयन डिस्टिलरी परेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?