वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जनतालाई प्रत्यक्ष अनुभुति हुनेगरी काम गर्न मन्त्री तथा सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

जनतालाई प्रत्यक्ष अनुभुति हुनेगरी काम गर्न मन्त्री तथा सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन
अर्थटुडे
२०८२ कार्तिक १७, सोमबार

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले जनतालाई प्रत्यक्ष अनुभुति हुनेगरी सवै मन्त्रालयले व्लुप्रिन्ट तयार गर्न निर्देशन दिएकी छिन्। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकमा उनले मन्त्री तथा सचिवहरुलाई १४ बुँदे निर्देशन दिदै व्लुप्रिन्ट तयार पारी कार्यान्वयन गर्न निर्देशन दिएकी हुन् ।

भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको नागरिकले अनुभूति गर्नेगरी का गर्न प्रधानमन्त्री कार्कीको निर्देशन थियो ।
‘गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्नुहोस्,’ उनले निर्देशन दिँदै भनेकी छन् ।

प्रधानमन्त्री कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्न पनि निर्देशन दिएकी छन् ।

निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्न पनि उनले निर्देशन दिएकी छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?