वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

व्यवसायिक वातावरण सुधारका लागि सरकारले काम गरिरहेको छः अर्थमन्त्री खनाल

व्यवसायिक वातावरण सुधारका लागि सरकारले काम गरिरहेको छः अर्थमन्त्री खनाल
अर्थटुडे
२०८२ कार्तिक २२, शनिबार

काठमाडौं । अर्थमन्त्री डा. रामेश्वर खनालले व्यवसायिक वातावरण सुधारका लागि सरकारले भरमग्दुर प्रयास गरेको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहसमा सम्बोधन गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रको आग्रहमा फुल अडिटको काम तत्कालै रोकेदेखि नीतिगत सुधारको कामहरुसमेत सुरु गरिसकेको उनको भनाइ थियो। अहिलेको सरकार निजी क्षेत्रको मनोबल उकास्नका लागि सरकारको तर्फबाट दिन सक्ने सबै सुविधाहरु दिन तयार रहेको उनले बताए।

मन्त्री खनालले व्यवसायिक आवाज उठाउन हिंसात्मक गतिविधि र विध्वंश बन्द गर्नुपर्नेमा जोड दिए । सुचना प्रबाहमा निजी क्षेत्र सक्रिय छ र गलत सुचनाका नतिजा देशले भोगिसकेको छ । उनले भने ।

खनालले भन्सार प्रणाली सरल बनाउने काम सुरु गरिएको जानकारी दिदै उनले अहिलेसम्म काठमाडौंदेखि जिल्ला जिल्लामा पुगेर निजी क्षेत्रको समस्या सुनेर भोलिपल्टै कार्यान्वयनको चरणमा लागिरहेको दावी गर्दै उनले मन्त्रीपरिषद्ले कर तिर्ने र करसम्बन्धी अन्य काम ७७ जिल्लामा विस्तार हुने निर्णय गरेको बताए ।

‘हामीले पटकपटक निजी क्षेत्रसँग छलफल गरेका छौ, मिठो कुरा गर्ने मात्रै होइन, तत्कालै कार्यान्वयन पनि भएको छ,’ खनालले भने, ‘अहिले हाम्रो अर्थमन्त्रीय प्रणाली सुन्ने, छलफल गर्ने, निर्णय गर्ने र कार्यान्वयन गर्ने किसिमको छ । हामी निर्णयमा विलम्ब गर्दैनौं ।’

उनले आश्वासनले मुलुकको विकास नहुने र आश्वासनले निजी क्षेत्रको अपेक्षा पुरा नहुने बताए । जेनजी आन्दोलनले मुलुकका सुशासन कायम नभएसम्म आम नागरिकलाई आश्वस्त पार्न नसकिने पाठ सिकाएको उनको भनाइ छ ।

राजस्व सही तरिकाले आओस् भन्ने आफूहरुको चाहना भएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?