वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारको ऊर्जा फोकस

१६ आयोजना प्राथमिकतामा

१६ आयोजना प्राथमिकतामा
अर्थटुडे
२०८२ कार्तिक २४, सोमबार

काठमाडौं । ऊर्जाको दिगो विकासलाई तीव्रता दिने उद्देश्यसहित सरकारले ऊर्जा क्षेत्रका १६ ठूला आयोजना ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना’को सूचीमा समेटेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार सूचीमा समावेश भएका आयोजना उत्पादन, प्रसारण र वितरणका विविध चरणमा रहेका छन्, जसमा सरकारी र निजी क्षेत्र दुवैको सहभागिता रहनेछ ।

सूचीमा बबई, भेरी–बबई, सुनकोशी–मरिन, सिक्टा र महाकाली सिँचाइ आयोजना लगायतका ठूला राष्ट्रिय परियोजनाहरू छन् । त्यस्तै, रानी जमरा कुलरिया, नौमुरे र कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय आयोजना पनि प्राथमिकता सूचीकृत भएका छन् ।

साथै, बागमती सिँचाइ, नवीनतम यान्त्रिक सिँचाइ, प्रगन्न तथा बड्कापथ सिँचाइ, सुनसरी–मोरङ सिँचाइ, जलस्रोत व्यवस्थापन आयोजना, दाङ उपत्यका सिँचाइ, रुपाताल–धाप बाँध संरक्षण आयोजना र कर्णाली, पश्चिम राप्ती तथा नारायणी नदी व्यवस्थापन आयोजनालाई पनि सूचीमा समावेश गरिएको छ ।

मन्त्रालयका अनुसार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत योजनाहरूका लागि बजेट सुनिश्चित गरिनेछ र कार्यान्वयनका क्रममा सरकारी सहजीकरणमा विशेष प्राथमिकता दिइनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?