काठमाडौ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क आज (बुधबारदेखि) ९ हजार ५ सय रुपैयाँ भएको छ । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले २०८१ चैत ८ गते श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय गरेका थिए ।
सो समयमा ३४ प्रकारका वास्थ्य परीक्षण गर्नुपर्ने र त्यसका लागि शुल्कसमेत बढाउने निर्णय गरेको भएपनि चौतर्फी विवादका कारण लागु हुन सकेको थिएन । विभागीय मन्त्री नभएको मौकाछोपी स्वास्थ्य व्यवसायीले उक्त बढेको शुल्क आजदेखि कार्यान्वयनमा ल्याएका हुन् । आजसम्म स्वास्थ्य परिक्षणको लागि श्रमिकले ६ हजार ५ सयसम्म तिर्ने गरेका थिए ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले संस्थामा आबद्ध व्यवसायीलाई पत्राचार गर्दै बढेको शुल्क कार्यान्वयन गर्न भनेको व्यवसायीहरुले बताएका छन् ।
प्रतिक्रिया