वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निजी क्षेत्रमाथिको आक्रमण गलतः अर्थमन्त्री

निजी क्षेत्रमाथिको आक्रमण गलतः अर्थमन्त्री
अर्थटुडे
२०८२ मंसिर २१, आईतवार

काठमाडौ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको सम्पत्ति पनि जनताकै भएकोले निजी क्षेत्रमाथिको आक्रमण गलत भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले तयार पारेको संरचना र सम्पति केही समयपछि राज्यलाई नै छोड्ने भएकोले उनीहरुमाथिको आक्रमण गलत भएको बताएका हुन् । उनले निजी क्षेत्रको संरक्षणमा जोड दिनुपर्ने बताउँदै विधि ठिक भएन भने सुधार गर्न सकिन्छ तर सहि मान्छेमाथि गलत कदम चाल्यो भने निरुत्साहित हुने बताए

उनले भने ‘यदि कसैले अपराध नै गरेको छ भने त्यसको सजाय दिनका लागि सरकार तयार छ । त्यसका लागि सडक, सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट जथाभाबी टिप्पणी गर्न हुँदैन’ ।

उनले जेनजी आन्दोलन आर्थिक समृद्धिको लागि मात्रै नभएको बताए । भ्रष्टाचार अत्यन्त बढ्यो, राज्यका शक्तिशाली व्यक्तिहरुबाटै यसलाई बढावा दिए र त्यसको अन्त्य हुनुपर्छ । र सेवा प्रवाह पारदर्शी हुनुपर्छ भन्ने थियो । उनीहरुले यो माग निरन्तर दिइरहेका छन् ।

निर्वाचन अपरिहार्य रहेकाले अर्थमन्त्री खनालले भने, ‘कुनै पनि हिसाबले निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चय दिशामा लैजान्छ । यसको अनेक क्रियाकलापहरूमा असर गर्छ । कुनै पनि हालतमा समयमा निर्वाचन हुनुपर्छ । यसका लागि सकारात्मक महोल हुनुपर्छ । यसका लागि सरकार पनि लागि परेको छ ।’

सबै दलहरूको सहमति र आम नागरिकको सहमतिमा समयमा निर्वाचन गराइने उनले बताए । सुरक्षित, भयरहित र निष्पक्ष भएर अन्तर्राष्ट्रिय जगतमा पनि लोकतान्त्रिक अभ्यासमा गएर निर्वाचन समयमै गरेको छवि बनाउनु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?