वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पाँच महिनामा साढे ६ खर्बको व्यापारघाटा, साढे १५ अर्बको धान चामल आयात

पाँच महिनामा साढे ६ खर्बको व्यापारघाटा, साढे १५ अर्बको धान चामल आयात
अर्थटुडे
२०८२ पुष ७, सोमबार

काठमाडौ । चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ बराबरको बैदशिक व्यापार घाटा व्यहोरेको छ । यो गत बर्षको तुलनामा १०.५ प्रतिशतल बढी हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनामा ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको आयात भएको छ भने १ खर्ब १६ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । जुन गत बर्षको सोही अवधिको तुलनामा १५.८३ र ५८.१७ प्रतिशतले बृद्धि हो ।

पाँच महिनाको अवधिमा नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थ १ खर्ब ८ अर्ब २ करोड ९९ लाख रुपैयाँ बराबरको आयात गरेको छ । यसमध्ये ४५ अर्ब ६० करोड ६२ लाख रुपैयाँ बराबरको डिजेल, २७ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोल, २२ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास, ८ अर्ब ३४ करोड ९९ लाख रुपैयाँ बराबरको हवाई इन्धन र ४ अर्ब ३४ करोड ९९ लाख रुपैयाँ बराबरको पेट्रोलियम बिटुमिन आयात भएको भन्सार विभागले जनाएको छ ।

त्यस्तै नेपालमा अत्याधिक परिमाणमा कच्चा सोयाविन तेलको आयात भएको छ । भन्सार विभागका अनुसार मंसिर सम्ममा नेपालमा ३९ अर्ब रुपैयाँबराबरको कच्चा सोयाविन तेल आयात भएको छ ।

यस्तै १५ अर्ब ७२ करोड ११ लाख रुपैयाँ बराबरको सुन, १५ अर्ब ४ करोड ५९ लाख रुपैयाँ बराबरको मोवाइल फोन, ६ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ बराबरको धान आयात भएको छ ।

यस्तै पाँच महिनाको अवधिमा सबैभन्दा बढी ४६ अर्ब ५५ करोड ८६ लाख रुपैयाँबराबरको सोयाविन तेल निर्यात भएको छ । यस्तै दोश्रोमा सिंथेटिक वा बुनिएका कपडा १ अर्ब ३३ करोड र १ अर्ब ३२ करोड १२ लाख रुपैयाँबराबरको प्लाइउड निर्यात भएको छ ।

मुलुकमा धानचामल आयात वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो पाँच महिनामा १५ अर्ब रुपैयाँ बढीको धानचामल आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार १५ अर्ब ४३ करोड ८६ लाख ५ हजार रुपैयाँ बराबरको धानचामल आयात भएको छ ।

यस अवधिमा ६ अर्ब ८८ करोड ८१ लाख १३ हजार बराबरको धान र ८ अर्ब ५५ करोड ४ लाख ९२ हजार रुपैयाँ बराकारे चामल आयात भएको भन्सार विभागले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?