काठमाडौ । अर्थमन्त्री रामेश्वर खनालले युरोपियन युनियन (इयु) र भारतविच भएको व्यापार सम्झौता नेपालका लागि चुनौति भएको बताएको बताएका छन् । अर्थमन्त्रालयद्धारा आइबार आयोजित ‘इकोनोमिक पोलिसी डाइलग’मा बोल्दै उनले इयु र भारतविच भएको व्यापार सम्झौता नेपालका लागि चुनौति हुने बतएका हुन् ।
उनले इयु र भारतविच भएको व्यापार सम्झौताले नेपालको व्यापारमा चुनौति थपेपनि आत्तिनु नपर्ने बताउँदै यसबारे सरकारले थप छलफल गरेर नयाँ नीति लिन आवश्यक रहेको बताए ।
इयुले गत जनवरी २७ मा भारतसँग व्यापार सम्झौता गरेको थियो । सो सम्झौता अनुसार ईयूले भारतका कपडा, रसायन, औषधि, इलेक्ट्रोनिक्स र गहना जस्ता उत्पादनलाई आफ्नो बजारमा अझ सहज रूपमा प्रवेश गर्न दिनेछ । यसले विशेष गरी कपडा र गार्मेन्ट उद्योगलाई ठूलो फाइदा पु¥याउने र भारतको निर्यात वृद्धि हुने विश्वास छ ।
सम्झौताले नेपालको बजारलाई पनि प्रत्यक्ष असर पर्ने छ । नेपालबाट गार्मेन्ट उद्योगका सामानहरु युरोप जाने गरेका छन् । भारतसँगको सम्झौतापछि भारतको सामानलाई बढी सहुलियत दिदा नेपालीसामानको मुल्य युरोपमा बढ्ने र मागमा कमी आइ नेपालको निर्यातमा असर पर्ने देखिएको छ ।
त्यस्तैगरी अर्थमन्त्री खनाले आर्थिक नीति बनाउदा नीजि क्षेत्र लगायतका सवैको कुरा सुन्नुपर्ने बताए । उनले पर्याप्त छलफलपछि आउने नीतिमा मात्रै सवैको अपनत्व हुने भएकोले सरकारले सवैको कुरा सुन्नुपर्ने बताए । उनले आगामी बजेटको तयारीका लागि पर्याप्त छलफल हुने पनि जानकारी पनि दिए ।
त्यस्तै उद्योगमन्त्री अनिलकुमार सिंन्हाले नीतिहरु छिट्टो परिवर्तन गर्दा व्यापारमा असर परेको बताए । उनले व्यापार नीति र करका दरहरुलाई स्थिर बनाउन नसक्दा नेपालले ठूलो अवसरहरु गुमाइरहेको दावी गरे ।
प्रतिक्रिया