काठमाडौ । नेपाल आयाल निगमले ग्यासको माग भन्दा बढी आपुर्ति भएकोले अभावको हल्ला निराधार रहेको दावी गरेको छ । बुधबार निगमले तथ्यांक प्रस्तुत गर्दै ग्यासको अभाव नभएको भन्दै चाहिने भन्दा बढी संचय नगर्न पनि उपभोक्तलाई आग्रह गरेको छ ।
आयल निगमका निर्देशक डा.चण्डिकाप्रसाद भट्टका अनुसार नेपालमा दैनिक ९० बुलेट अर्थात् १ लाख १४ हजार सिलिण्डरको माग भएपनि पछिल्लो समयमा ९० बुलेट भन्दा बढी नै ग्यास नेपाल भित्रिएको दावी गरे । उनले भने, ‘भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पछिल्ला दिनहरूमा उक्त परिमाणभन्दा धेरै बढी ग्यास लोडिङ भइरहेको छ, ग्यासको समस्या छैन। अनावश्यक संचय नगरिदिन उपभोक्तालाई आग्रह गर्दछु। ’
उनका अनुसार शनिवार ११८, सोमबार ११५, मंगलबार १३२ बुलेट ग्यास इन्डियन आयल कर्पोरेसनबाट लोड भएको र त्यसमध्ये धेरै बुलेटहरु बाटोमा रहेको र केही भित्रिरहेका छन् ।
निगमले आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेकाले ढुक्क हुन आग्रह गर्दै अनावश्यक सञ्चयले बजारमा कृत्रिम दबाब मात्र सिर्जना गर्नेतर्फ सचेत गराएको छ। पछिल्लो समयमा केही सिमित ग्यास उद्योगहरुमा केही समस्या देखिएको र सो समस्या समाधान गर्न पत्र पठाइसकेकोले समस्या समाधान हुने पनि निगमले दावी गरेको छ ।
प्रतिक्रिया