वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एपस्टिन फाइलमा नाम जोडिएका अरव देशका शक्तिशाली कम्पनीका अध्यक्ष सुन्तान विन सुलेयामले दिए राजीनामा

एपस्टिन फाइलमा नाम जोडिएका अरव देशका शक्तिशाली कम्पनीका अध्यक्ष सुन्तान विन सुलेयामले दिए राजीनामा
अर्थटुडे
२०८२ फाल्गुन ५, मंगलवार

काठमाडौ । एपस्टिन फाइलमा आफ्नो नाम जोडिएपछि अरव क्षेत्रकै सवैभन्दा प्रख्यात कम्पनी मानिने दुवई डिपी वल्र्डका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सुन्तान अहमद बिन सुलेयामले राजीनामा दिएका छन् ।

कतिपयले उनलाई कारबाहीको माग समेत गरेका छन् । अमेरिकी नागरिक तथा वाल यौनदुराचारी जेफरी एपस्टिन र उनीविच धेरै पटक सुन्दर युवती र उनीहरुसँगको सेक्स सन्दर्भमा कुराकानी भएको इमेलहरु बाहिरिएको छ ।

त्यस्तै कतिपय इमेलमा त्यस्ता युवतीहरुको शारिरिक बनावटको चर्चा गर्दै उनीहरुलाई ‘व्यापक प्रशिक्षण कार्यक्रम’ को आवश्यकता रहेको समेत उल्लेख छ । इमेलमा उल्लेखित ‘व्यापक प्रशिक्षण कार्यक्रम’ भनेको के हो भन्ने स्पष्ट नभए पनि त्यस्को अर्थ ती महिलाहरुसँग अधिकतम यौन सम्पर्क गरेर उनीहरुलाई त्यस्को लागि अभ्यस्त बनाउनु भन्ने रहेको विविसीले उल्लेख गरेको छ । यस्ता कुराहरु बाहिरिएपछि सुन्तान बिन सुलेयामले पदबाट राजीनामा दिएका हुन् ।

सन् २०१५ को एक इमेलमा सुलेयमले एपस्टिनलाई भनेका थिए,रुस सबै सुन्दर महिलाको स्रोत हो । मलाई ती महिलाहरुको बीचमा रहन मन पर्छ । साथै उनले एपस्टिनलाई अश्लिल र नश्लवादी ‘जोक्सहरु’ पनि सुनाएका थिए ।

जबकी सुलेयम विवाहित थिए र दुई पत्नीहरूको साथै कैयौं सन्तानहरु जन्मिसकेका थिए । शक्ति, पैसा र पहुँचको आडमा मानिसले कतिसम्म घिनलाग्दो अपराध गर्न सक्छ भन्ने एपस्टिन स्क्यान्डल एउटा ज्वलन्त उदाहरण रहेको अन्तर्राष्ट्रि संचारमाध्यमहरु जनाएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?