वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्वाचन केन्द्रित चिन सरकारको साढे ५७ करोड अनुदान सरकारले स्वीकार्यो

निर्वाचन केन्द्रित चिन सरकारको साढे ५७ करोड अनुदान सरकारले स्वीकार्यो
अर्थटुडे
२०८२ फाल्गुन १२, मंगलवार

काठमाडौ । सकारले चिनले दिने ४० लाख अमेरिकी डलर अर्थात् (५७ करोड ६० लाख) रुपैयाँ बराबरको नगद अनुदान स्वीकार्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । चिन सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि सो रकम बराबरको अनुदान दिएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै न्यायधिक डाक्टर दिवाकर भट्टलाई काठमाडौ जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौको अध्यक्ष तोक्ने नर्णय भएको छ । भट्ट काठमाडौ जिल्ला अदालतका जिल्ला न्यायाधीश पनि हुन् ।

यस्तै बीमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई तोक्ने निर्णय पनि मन्त्रिपरिषद्बाट भएको छ ।

आगामी वर्ष २०८३ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरी दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेदेखि २२ गतेसम्म मुलुकभर सार्वजनिक बिदा दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
त्यसैगरी मन्त्रीपरिषद्ले जेनजी परिषद गठन गर्ने पनि निर्णय गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?