काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तीव्र बनेसँगै सरकारले विवादास्पद व्यवसायी दीपक भट्ट लाई अध्यागमनको कालोसूचीमा राखेकाे छ ।
गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को सिफारिसमा अध्यागमन विभागले भट्टलाई कालोसूचीमा समावेश गरेको हो। यससँगै उनको राहदानी (पासपोर्ट) रोक्का गरिएको छ र अब उनी सरकारको स्वीकृतिबिना विदेश यात्रा गर्न नपाउने भएका छन् ।
व्यवसायी भट्टमाथि ठूला सार्वजनिक खरिदका ठेक्कामा प्रभाव प्रयोग, जलविद्युत् तथा बैंक–बीमा कम्पनीका लाइसेन्समा पहुँच विस्तार, र बजेटमार्फत करका दर हेरफेरमा संलग्न रहेको आरोप लाग्दै आएको छ।
भट्ट २०७९ मंसिरमा सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा तानिएका थिए। इन्फिनिटी होल्डिङ्समार्फत शंकास्पद आर्थिक कारोबार भएको देखिएपछि अनुसन्धान अघि बढाइएको थियो । तर, राजनीतिक पहुँचका आधारमा भट्टमाथीको अनुसन्धान रोकिएको थियो ।
नयाँ सरकार बनेपछि भट्टमाथी अनुसन्धान फेरी सुरु भएको हो । हालको कदमले भट्टमाथिको अनुसन्धान नयाँ चरणमा प्रवेश गरेको संकेत गरेको छ। अब छानबिनको दायरा कति फराकिलो हुन्छ र आरोपहरू कति प्रमाणित हुन्छन् भन्नेमा चासो केन्द्रित भएको छ ।
प्रतिक्रिया