काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इमान्दार भएर काम गर्ने उद्योगी व्यवसायीलाई राज्यले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँगको भेटमा उनले सरकार देश बनाउने हुटहुटी बोकेर आएको स्मरण गराउँदै अर्थतन्त्र बलियो बनाउनका लागि हातेमालो गर्न आग्रह गरे ।
अर्थमन्त्री वाग्लेले नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने चिनाउने गरी अर्थतन्त्रको विकास गर्ने भन्दै निजी क्षेत्रका व्यवसायीलाई उड्ने, फैलने सुविधा राज्यले दिने बताए । उनले इमानदार उद्योगी व्यापारीहरू कानुनका कारण बदनाम बन्ने अवस्था आउन नदिन समेत आश्वासन दिए ।
‘मैले पटक पटक भन्ने गरेको छु । निजी क्षेत्र इमानदार भइदिनुस् । राज्यले दिलोज्यान दिएर तपाईंहरूलाई सहयोग गर्छ । म त्यसको जिम्मा लिन्छु तर, नियोजित र प्रायोजित गल्ति र बेइमानीमा भने हामी निर्मम हुन्छौँ’ वाग्लेले भने ।
प्रतिक्रिया