काठमाडौ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बैशाख २ गतेदेखि आर्थिक गणना २०८२ सुरु गर्ने भएको छ । सो गणनामा ३९०७ जना गणक र ५२६ जना सुपरभाइजरले ८८ गणना कार्यालयबाट आर्थिक गणना गर्नेछन् । राष्ट्रिय आर्थिक गणना, २०८२ को बारेमा संक्षिप्त प्रस्तुति दिदै कार्यालयका निर्देशक पृथ्वी विजयराज सिंजापतिले आर्थिक गणनामा १८ वटा क्षेत्रलाई समेटिने बताए ।
कार्यक्रममा उप–प्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले आर्थिक गणना २०८२ मा पहिलो आर्थिक गणना २०७५ भन्दा फरक रहेको बताए । उनले यो आर्थिक गणनाले आधार बर्ष तयारका लागि आधार तय गर्ने बताउँदै पहिलो आर्थिक गणनाभन्दा बढी तथ्यपरक हुनेमा विश्वास व्यक्त गरे । लामिछानेले घरायसी काम गर्ने मानिसहरुको बारेमा हाउसवल्ड सर्वेले समेटन् बताउँदै आर्थिक गणनामा ४०० भन्दा बढी संघसंस्थाहरुबाट विवरण लिने बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निर्देशक पृथ्वी विजयराज सिंजापतिले भने, “हामीले जति धेरै अनौपचारिक क्षेत्रलाई गणनामा समेट्न सक्छौँ, त्यति नै देशको अर्थतन्त्र बलियो हुन्छ ।
प्रतिक्रिया