काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सम्पत्ति विवरणमा चारवटा घर, अपार्टमेन्ट, साढे ४ करोड बराबर विभिन्न कम्पनीको सेयर रहेको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्बजनिक गरेको सम्पत्ति विवरण अनुसार अर्थमन्त्री वाग्लेको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको तथा ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख छ । उनले अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास विक्री, बैंक ऋण तथा व्यक्तिगत सापटीवाट सम्पति जोडको भन्दै स्रोत देखाएका छन् ।
बैंकमा १ करोड ९० लाख रुपैयाँ बचत रहेको वाग्लेको नाममा काठमाडौं, गोरखा, चितवन र तनहुँमा १७ रोपनी ५ कठ्ठा जग्गा, ४५ तोला सुन र ९४ लाख रुपैयाँ बराबरको गाडी समेत छ । ४ करोड ५० लाख रुपैयाँको विभिन्न कम्पनीमा सेयर रहेमा सानिमा मिडल तमोर हाइड्रोको ७१ हजार ९३ कित्ता छ, जसको हालको मुल्य प्रतिकित्ता ४४३ रहेको छ । यसअनुरुप उनको सो सेयर बराबर ३ करोड १४ लाख ९४ हजार १९९ रुपैयाँ बराबरको पर्दछ ।
सांग्रिला विकास बैंक लिमिटेडको २५ हजार ७ सय ६२ कित्ता प्रमोटर सेयर जसको प्रतिकित्ता २३२ रहेको छ सो अनुसार ५९ लाख ७६ हजार ७८४ रुपैयाँ बराबरको हुन्छ । यस्तै नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडको ९० लाख, ठूलो खोला हाइडो पावरको पनि ६० लाख, अपरमादी खोला हाइडोको ३ करोड रुपैयाँ बराबरको सेयर रहेको वाग्लेले खुलाएका छन् ।
प्रतिक्रिया