वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रपतिद्धारा सार्वजनिक खरिद सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा सार्वजनिक खरिद सम्बन्धी अध्यादेश जारी
अर्थटुडे
२०८३ बैशाख १७, बिहीबार

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ पनि जारी गरेका छन् । उनले विभिन्न कानुनविद्हरुको सल्लाह बमोजिम सो अध्यादेश जारी गरेका हुन् । यसअघि सहकारी सम्बन्धी अध्यादेश जारी गरेका थिए ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति पौडेलले सो अध्यादेश जारी गरेको जानकारी दिए ।
सरकारले अन्य केही अध्यादेश पनि जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेश पनि राष्ट्रपतिसमक्ष पठाइएको छ ।

अन्य अध्यादेशहरूबारे भने राष्ट्रपति पौडेलले कानुनविद्हरुको सल्लाह लिइरहेका छन् । अध्ययन सकेपछि उनले सो अध्यादेश पनि जारी गर्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?