काठमाडौ । धितोपत्र सम्बन्धी कसुरमा पक्राउ परेका नेपाल उद्योग बाणिज्य महासंघ (एफ्एनसीसीआई) का पुर्व शेखर गोल्छालाई सर्वोच्च अदालतले धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ । गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न परमादेश जारी गरेको हो । यदी धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै थुनामा राख्न आदेश दिएको हो । न्यायाधीशद्धय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटी वा जमानतमा छोड्न भनेको हो।
उनलाई धरौटी वा जमानतमा नै छाड्न सकिने अवस्था हुँदा अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको भन्दै त्यसको प्रक्रिया नै खारेज गरेको हो ।
धितोपत्र सम्बन्धी ऐन बमोजिमको कसुरमा प्रतिवादी फरार हुनसक्ने अवस्था देखिएमा धरौटी वा जेथा जमानत माग्न सकिने र धरौटी वा जमानत नदिएमा थुनामा राख्न सकिने आदेशमा उल्लेख छ ।
आदेशमा भनिएको छ, ‘सो कानूनी व्यवस्थाअनुसार यि निवेदकसँग प्रत्यर्थी अनुसन्धान अधिकारीले धरौट वा जमानत माग नगरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने दिने कार्य भएको हुँदा निजलाई हिरासतमा राखे गरी भएको २०८३÷१÷११ र २०८३÷१÷२१ समेतका आदेश उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ।’
गोल्छा बैशाख ११ गते पक्राउ परेका थिए । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै उनलाई नेपाल प्रहरकिो केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो ।
प्रतिक्रिया