वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रिहालगत्तै बीमासम्बन्धी कसुरमा अनुसन्धानका लागि गोल्छा पक्राउ

रिहालगत्तै बीमासम्बन्धी कसुरमा अनुसन्धानका लागि गोल्छा पक्राउ
अर्थटुडे
२०८३ बैशाख २२, मंगलवार

काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा लगत्तै पुनः पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतबाट निस्कन नपाउँदै बीमा सम्बन्धी कसुरमा अनुसन्धानका लागि पुनः नियन्त्रणमा लिएको हो ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार गोल्छालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको थियो । तर, अदालतले उनलाई हिरासतमा राख्ने प्रक्रियामा गम्भीर त्रुटी औंल्याउँदै परमादेश जारी गरेको थियो ।

अदालतको आदेशमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०४ (१) को कानूनी व्यवस्था स्मरण गराइएको छ । उक्त दफा अनुसार धितोपत्र कसुरको अनुसन्धान गर्दा अभियुक्त फरार हुन सक्ने मनासिब कारण भएमा वा बिगो हानी नोक्सानी भएको देखिएमा मात्र धरौटी वा जमानत माग्नुपर्ने र त्यस्तो धरौटी दिन नसकेको खण्डमा मात्र थुनामा राख्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?