काठमाडौ । व्यवसायीहरु दिपक भट्ट र शुलभ अग्रवाल विरुद्ध १२ दिन थप हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ । अग्रवालको हकमा यो छैटौ पटक हो भने भट्टको हकमा पाचौ पटक म्याद थपिएको हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)को अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका उनीहरुलाई थप अनुसन्धानको लागि अदालतले १२ दिन थपेको हो ।
बुधबार विशेष अदालतका न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो । प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार उनीहरुमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै अदालतले १२ दिनको समय थपेको हो ।
विभिन्न पव्लिक कम्पनीको रकम दुरुपयोग गरेको, इन्साइडर ट्रेनिङ गरी सेयर मुल्यलाई समेत प्रभावित बनाएको लगायतका विभिन्न अभियोग भट्ट र अग्रवालमाथि लागेको छ । उनीहरूमाथि धितोपत्र सम्बन्धी ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
यही विषयमा प्रहरी हिरासतमा रहेका व्यवसायी शेखर गोल्छा सर्वोच्चको परमादेशपछि मंगलबार छुटिसकेका छन् ।
प्रतिक्रिया