वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पुर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहित १४ जना विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्धा दायर, साढे ३ अर्ब माग दावी

पुर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहित १४ जना विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्धा दायर, साढे ३ अर्ब माग दावी
अर्थटुडे
२०८३ बैशाख २४, बिहीबार

काठमाडौ । पुर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धानले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ठेक्का सम्झौता विपरित ठेकेदारलाई राजस्व छुट दिएर कार्कीले भ्रष्टाचार गरेको अख्तियारको दावी छ । अख्तियारले कार्की सहित अन्य १४ जनालाई ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जना विरुद्ध मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कार्की सहित तत्कालिन अर्थसचिव शंकरप्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव (तत्कालीन सहसचिव) केवलकिरण भण्डारी विरुद्ध मुद्धा दायर भएको छ ।

त्यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

यो आयोगको तर्फबाट पोखरा विमानस्थलमा नै भ्रष्टाचार भएको भनी दायरा भएको मुद्धा तेस्रो हो । यसअघि २०८२ मंसिर २१ गते र चैत ८ गते भ्रष्टाचारको मुद्धा दायर भएको थियो ।

त्यस्तै अख्तियारले चिनियाँ कम्पनी सीएएमसी त्यसका अध्यक्ष र परियोजन व्यवस्थापक अनि कम्पनी म्यानेजरलाई समेत मुद्दा चलाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?