वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

१० महिनामा पुँजीगत खर्च जम्मा एक खर्ब !

१० महिनामा पुँजीगत खर्च जम्मा एक खर्ब !
अर्थटुडे
२०८३ बैशाख २७, आईतवार

काठमाडौ । सरकारले चालु आर्थिक वर्षको १० महिनामा सकिन लाग्दा १ खर्ब ९ अर्ब ६० करोड रुपैयाँ बराबर मात्र पुँजीगत खर्च गरेको छ । यो चालु आर्थिक बर्षको लागि छुट्याएका पुँजीगत खर्चको जम्मा २६.८७ प्रतिशत मात्र हो ।

सरकारले चालुआर्थिक बर्षको लागि ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ रकम छुट्याएको छ । मध्यपूर्वको तनावले निर्माण व्यवसायीले बिटुमीन लगायतका विभिन्न कुराहरुको तनाव झेलिरहेको हुदा पुँजीगत खर्चमा त्यसको असर देखिएको हो ।

बैशाख २८ गतेसम्ममा सरकारले जम्मा ११ खर्ब ५३ अर्ब रुपैयाँ खर्च गरेको छ । जुन कुल बजेटको ५८.७५ प्रतिशत मात्र हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि लागि ल्याइएको १९ खर्ब ६४ अर्ब बजेट मध्ये ५८.७५ प्रतिशत बजेट खर्च भएको छ ।

कार्यालयका अनुसार विनियोजित बजेटमध्ये सबैभन्दा बढी चालुतर्फको शीर्षकमा बजेट खर्च भएको छ । चालु खर्च भनेको सरकारको दैनिक सञ्चालन र नियमित कार्यहरू का लागि गरिने खर्च हो । महालेखा नियन्त्रण कार्यालयका अनुसार कुल खर्चमध्ये ८ खर्ब ९ अर्ब रुपैयाँ चालु शिर्षकमा खर्च गरेको छ । चालुखर्च तर्फको खर्च विनियोजित बजेटको ६८.०४ प्रतिशत हो ।

वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब रुपैँया बजेट छुट्टाएको सरकारले २ खर्ब ४० अर्ब अर्थात ६४.१६ प्रतिशत खर्च गरेको छ । यो शीर्षकको बजेटले सरकारले पहिले लिएका ऋणको सावाँ र ब्याज तिर्ने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?