वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सम्पत्ति छानविन आयोगले सुरु गर्यो काम

दोस्रो जनआन्दोलन यताका सार्वजनिक पदमा रहेकाको सम्पत्ति विवरण बुझाउन ३० दिने म्याद

दोस्रो जनआन्दोलन यताका सार्वजनिक पदमा रहेकाको सम्पत्ति विवरण बुझाउन ३० दिने म्याद
अर्थटुडे
२०८३ बैशाख ३१, बिहीबार

काठमाडौ । सरकारले आर्थिक बर्ष २०६२/६३ देखि यताका सार्वजनिक पद धारणा गरेका सम्पुर्ण व्यक्तिहरुको सम्पत्ति छानविन प्रकृया सुरु गरेको छ ।
विहिबार सम्पत्ति छानविन आयोगले सार्वजनिक सुचनाजारी गरी तत्कालिन श्री ५ को सरकारदेखि मन्त्रीपरिषद् लगायत सम्पुर्ण उच्च ओहदामा बसेका व्यक्तिहरुको सम्पत्ति छानविन गर्न सुरु गरेको जनाएको हो ।

आयोगले सार्वजनिक गरेको सुचना अनुसार, नेपाल अधिराज्यको संविधान, २०४७, अन्तरिक संविधान २०६२, र नेपालको संविधान बमोजिम नियुक्त भई संबैधानिक निकायबाट पदमुक्त भएका वा हटेका प्रमूख तथा पदाधिकारी, पुर्व न्यायाधिशहरु तथा नेपाली सेनाको सेवा निबृत्ति राजपत्रांकित प्रथम श्रेणी वा सो सरह र सो भन्दा माथिका अधिकृतहरु पनि सम्पत्ति छानविन गर्ने भएको हो ।

त्यस्तै प्रदेश प्रमूख, प्रदेशसभाका मुख्यमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरु, नेपाली राजदुतहरु, कुटनैतिक नियोगका प्रमूख तथा कर्मचारी, मन्त्री, संबैधानिक निकायका स्वकिय सचिव, निजी सचिव वा यस्तै पदाधिकारीहरुले समेत सम्पत्ति विवरण बुझाउनुपर्ने छ ।

आयोगले जारी गरेको सुचना अनुसार तोकिएका व्यक्तिहरुले आफ्नो र परिवारको सम्पुर्ण सम्पत्ति विवरण आयोगले तोकेको फारामा उल्लेख गरी त्यसको प्रमाण समेत राखी व्यक्ति आफै वा तोकिएको व्यक्ति वा हुलाक वा इमेल मार्फत सम्पत्ति विवरण भरे बुझाउन सक्ने व्ययस्था छ ।

त्यस्तै आयोगले सम्पत्ति विवरण बुझाउनका लागि जम्मा ३० दिनको समयसिमा दिएको छ ।

यदी तोकिएको समयसिमा भित्रसम्पत्ति विवरण नबुझाएमा कानुन अनुसार कारबाही गरिने पनि आयोगले सुचना मार्फत जानकारी दिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?