वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारप्रति संदस अमरेश सिंहकै असन्तुष्टी

‘अर्थमन्त्री विना बजेट विनियोजनमाथि छलफल हुदैन’

‘अर्थमन्त्री विना बजेट विनियोजनमाथि छलफल हुदैन’
अर्थटुडे
२०८३ जेष्ठ ५, मंगलवार

काठमाडौ । बजेटको विनियोजनमाथि विना अर्थमन्त्री छलफल चलेको भन्दै सत्तारुढ रास्वपा सांसद अमरेशकुमार सिंहले विरोध गरेका छन् । उनले आफू सत्तापक्षकै सांसद भए पनि बजेटको प्राथमिकता विनियोजन स्वामित्व ग्रहण गर्न नसक्ने बताए । मंगलबार प्रतिनिधिसभाको बैठकमा बजेट विनियोजनमाथि छलफल चलिरहेको छ ।

उनले आगामी आर्थिक वर्षको बजेटमाथि भएको प्राथमिकता विनियोजन आफूले स्वीकार गर्न नसक्ने समेत बताए । प्रतिनिधिसभा बैठकमा बजेटको विनियोजन प्राथमिकतामाथि छलफल चलिरहेको छ, सांसद सिंहले भने, ‘मेरो २० बर्षे संसदीय अभ्यासमा पहिलो पटक अर्थमन्त्रीको अनुपस्थितिमा बजेट विनियोजनमाथि छलफल भइरहको छ । ’

उनले नयाँलाई चाही जे पनि गर्न छुट नहुने बताए । ‘यो बजेटको प्राथमिकता विनियोजन एसेप्ट गर्न सक्दिनँ । म सत्ताधारी सांसद हुँ । तर मेरो अगाडि जनताको अनुहार देखिरहेको छु ।’ सांसद सिंहले भने । त्यस्तै उनले सभामुख डिपी अर्यालाई बजेट विनियोजनको छलफलमा अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने बताउदै रुलिङ गर्न आग्रह गरे ।  उनले सम्बोधनको क्रममा मधेशलाई बजेटमा समावेश नगरिएकोप्रति आपत्ति जनाए ।

‘विनियोजन पढ्दा मधेशका लागि केही पनि देखिएन । जो राणाकालदेखिको हुलाकी राजमार्ग छ, हुलाकी शब्द पनि लेखिएको छैन । राणाकालदेखि बनेको हुलाकी राजमार्ग आजसम्म बनेको छैन ।’ सांसद सिंहले भने ।

‘जहिले पनि विकास निर्माण जनताका लागि हुन्छ । मधेशको सबै इन्डिकेटर ह्युमन डेभलपमेन्ट इन्डेक्समा हेर्दा कर्णालीको भन्दा पनि बिलो छ । त्यसका लागि स्पेशल प्याकेजको घोषणा हामीले सोचेका थियौं । किनकी मधेशको यो सरकारमाथि अधिकार किन छ भने सबैभन्दा बढी भोट मधेशले दिएको छ ।’ सिंहले भने ।

संसद सिंहले आफू सोमबारमात्र मधेशबाट फर्केको बताउँदै भने, मधेश विस्फोटको स्थितिमा छ । त्यो विस्फोट हुनुअघि उपचार गरौं । किनभने न उसको सत्तामा अनुहार छ, न नियुक्तिमा अनुहार हुन्छ । यस्तो हुँदैन । राज्य सबैको हो ।’

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?