काठमाडाै । सरकारले कर प्रणालीमा व्यापक सुधार गर्दै आयकर, भन्सार तथा अन्तःशुल्कमा विभिन्न संशोधन प्रस्ताव गरेको छ। आगामी आर्थिक बर्षकाे बजेटमा व्यक्तिगत आयकरको सीमा बढाएर १० लाख रुपैयाँ पुर्याउने तथा व्यक्तिगत आयकरको दर १० प्रतिशतले घटाउने व्यवस्था गरिएको हो। सांसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आयकरको व्यक्तिगत सिमा बढाएको र दर १० प्रतिशतले घटाएको जनाएका हुन् ।
त्यस्तै, उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले २७३ प्रकारका कच्चा पदार्थमा लाग्दै आएको भन्सार दर घटाइएको छ भने हाल कायम ११ तहको भन्सार संरचनालाई घटाएर ७ तहमा सीमित गर्ने घोषणा गरिएको छ।
सरकारले ३६० प्रकारका अन्तःशुल्क खारेज गरी त्यसलाई हरित करमा समाहित गर्ने निर्णय पनि गरेको छ। स्वामित्व परिवर्तनसँग सम्बन्धित आयकर ऐनको दफा ५७ मा पुनरावलोकन गर्दै पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा मान्यता दिने व्यवस्था प्रस्ताव गरिएको छ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न डिजिटल मूल्य अभिवृद्धि कर (भ्याट) मा १० प्रतिशत छुट दिने तथा भ्याट फिर्ता प्रक्रियालाई स्वचालित बनाउने नीति ल्याइएको सरकारको भनाइ छ। यसबाट व्यवसायिक वातावरण सहज हुने र कर प्रशासन थप प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको
प्रतिक्रिया