वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आयमा भन्दा उपभोगमा आधारित कर लगाएको अर्थमन्त्री डा.वाग्लेको दावी

आयमा भन्दा उपभोगमा आधारित कर लगाएको अर्थमन्त्री डा.वाग्लेको दावी
अर्थटुडे
२०८३ जेष्ठ १८, सोमबार

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आयभन्दा उपभोगमा आधारित भएर कर लगाएको बताएका छन् । उनले नेपालको अर्थतन्त्र आयमा भन्दा बढी उपभोगमा आधारित देखिएकोले उपभोगमा कर लगाएको बताए ।

उनले बिजुलीमा उपभोक्तालाई अन्तिम भार नपर्ने गरी कर लगाउने बताए । उनले भने, ‘उपभोक्ताई अन्तिम भार नपर्ने गरी सरकारले सोचिरहेको छ, तर बजेटमा उल्लेख बिजुलीमा लगाइने भ्याटबाट भने सरकार पछि हट्दैन ।’

सोमबार भएको बजेटपछिको छलफल कार्यक्रममा उनले उपभोक्तालाई मार नपर्नेगरी विद्युत महसुलमा छुट दिने विषयमा विद्युत विकास आयोगलाई अनुरोध गर्ने बताए ।

उनले बजेट कुल जिडिपीको तुलनामा २८.५ प्रतिशत मात्र ल्याएको र दश बर्षको अवधिमा सवैभन्दा कम आकारको बजेट ल्याएको दावी गरे । उनले भने, ‘नेपालको अवको आर्थिक बर्षमा कुल गार्हस्थ उत्पादन ७४ खर्ब ५८ अर्ब रुपैयाँ हुन्छ । सरकारले अहिले २१ खर्व २४ अर्ब रुपैयाँको बजेट ल्याएको छ । जुन २८.५ प्रतिशत मात्र हो ।’

विगत बर्षहरुमा जिडिपीको ३७ प्रतिशतसम्म बजेट आएको पनि अर्थमनत्री डा.वाग्लेको भनाई थियो । त्यस्तै उनले अहिले सरकारले लिएको ऋण नेटमा हेर्ने हो भने ४३ प्रतिशतको हाराहारीमा मात्रै रहेको बताउँदै विगतका सरकारहरुको ऋणपनि जोड्दा धेरै भएको बताए ।

त्यस्तै उनले अहिलेको सरकार आन्तरिक स्रोतमा निर्भर रहेको र १५ खर्ब ८० अर्ब रुपैयाँको राजस्वको तार्गेट राखेको बताए । तर सरकारले सार्वजनिक गरेको बजेट बक्तव्यमा भने राजस्वको लक्ष्य १४ खर्ब ५ अर्ब रुपैयाँ मात्र रहेको छ ।

त्यस्तै उनले अहिलेको सरकारले एआइको क्षेत्रमा ठूलो छलाङ मार्नेगरी बजेट विनियोजन गरेको भएपनि पत्रकारहरुले सो कुराको उजागर नगरेकोप्रति गुनासो गरे ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?