वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘प्रधानमन्त्रीको कुरा सत्य हो, आवश्यकता परे पुनः संसदमा जवाफ दिनुहुन्छ’: प्रबक्ता

‘प्रधानमन्त्रीको कुरा सत्य हो, आवश्यकता परे पुनः संसदमा जवाफ दिनुहुन्छ’: प्रबक्ता
अर्थटुडे
२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहलेको बोलेको विषयलाई लिएर चौतर्फी आलोचना भइरहेको बेलामा सरकारका प्रबक्ता सस्मित पोखरेल प्रधानमन्त्रीको रक्षामा उभिएका छन् । मंगलबार मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउने क्रममा प्रधानमन्त्री शाहले बोलेको कुरा सत्य भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले बोल्नुभएको कुरा सत्य हो, फेरी आवश्यकता परे संसदमा जवाफ दिनुहुने छ ।’ उनका अनुसार कतिपय ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने कुरा प्रधानमन्त्रीले बोलेको र त्यो नै सत्य हो ।

यस्ता कुराहरु दुई देशबीचको सीमा विवाद मिलाउने कूटनीतिक प्रयासको क्रममा गठित संयन्त्रबाट आएको र त्यो सुन्दा प्रधानमन्त्रीले आफू अचम्ममा परेको भनेर संसदमा बताएको प्रबक्ता पोखरेलले जानकारी दिए ।

पोखरेलले दुई देशबीच सीमा विवाद मिलाउनका लागि विभिन्न संयन्त्रहरु विगत लामो समयदेखि नै सक्रिय रहेको बताउँदै सिमा विवादबारे दुई देश बसेर मिलाउने कुरा प्रधानमन्त्रीजीले नै भनिसक्नु भएको बताए ।

गत जेठ १७ जेठको संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भइरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?