काठमाडौ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्थानीय र प्रदेश सरकारलाई ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सो रकम विभिन्न चार प्रकारको अनुदान हो । संघीय सरकारको अर्थमन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकार वितीय हस्तान्तरण अनुसार आगामी आर्थिक बर्षका लागि विभिन्न ७ वटा प्रदेशका लागि मात्र १ खर्ब ९ अर्ब रुपैयाँ र स्थानीय तहका लागि ३ खर्ब १४ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै स्थानीय तह अन्तर्गत महानगरपालिकाहरुलाई जम्मा ११ अर्ब ७३ करोड, उपमहानगरपालिकालाई ११ अर्ब ५० करोड, नगरपालिकालाई १ खर्ब ३८ अर्ब ६६ करोड र गाउँपालिकाका लागि १ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँ बराबर अनुदान विनियोजन गरेको छ ।
त्यस्तै समानीकरण अनुदान अन्तर्गत संघीय सरकारले स्थानीय सरकारलाई ९० अर्ब २० करोड, सशर्त अनुदान तर्फ २ खर्ब ६ अर्ब, विषेश अनुदानतर्फ ९ अर्ब ४० करोड र समपुरक अनुदान तर्फ ८ अर्ब १२ करोड रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै प्रदेशतर्फ समानीकरण अनुदान ६१ अर्ब ५० करोड, सशर्त ३९ अर्ब ७२ करोड, विशेष अनुदान ३ अर्ब ८२ करोड र समपूरक अनुदान प्रदेशमा ४ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्रालयले जनाएको छ ।
हेर्नुहोेस् कुन प्रदेश र स्थानीय तहमा कति रकम ?
प्रतिक्रिया