वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारको लक्ष्यविपरित आइएमएफ्को प्रक्षेपण

आगामी आर्थिक बर्ष नेपालको आर्थिक बृद्धिदर ४.६ प्रतिशतमा सिमित हुने

आगामी आर्थिक बर्ष नेपालको आर्थिक बृद्धिदर ४.६ प्रतिशतमा सिमित हुने
अर्थटुडे
२०८३ जेष्ठ २६, मंगलवार

काठमाडौ । आगामी आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ४.६ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ । आईएमएफ कार्यकारी बोर्डले स्वीकृत गरेको विस्तारित कर्जा सुविधा (ईसीएफ) को सातौं तथा अन्तिम समीक्षा र सन् २०२६ को आर्टिकल फोर कन्सल्टेसन प्रतिवेदनमा नेपालको आगामी बर्षको आर्थिक बृद्धिदर ४.६ मा सिमित रहेने जनाएको हो ।

आन्तरिक उपभोक्ता क्रयशक्ति घट्ने, कृषि उत्पादन कमजोर हुने र निजी लगानी सुस्त हुने लगायतका कारण आव २०८३÷८४ मा १.७ प्रतिशत विन्दुले वृद्धिदर घट्ने आईएमएफले बताएको छ।

“सरकारले चुनावसम्बन्धी खर्च, बढ्दो बाह्य गतिशीलता र औद्योगिक राहत प्याकेजका कारण अर्थतन्त्रले गति लिने दाबी गरे पनि यथार्थमा निजी क्षेत्रको आत्मविश्वास अझै कमजोर छ”, प्रतिवेदनमा भनिएको छ– “निर्माण र उत्पादन क्षेत्रमा शिथिलता कायमै छ। पुँजीगत खर्चको लक्ष्य र खर्च गर्ने सरकारी क्षमताबीचको पुरानो खाडल चालू वर्षमा झन् गहिरिएको छ।”

आईएमएफले खाडी मुलुहरुबाट ऊर्जा मूल्यमा गम्भीर र दीर्घकालीन धक्का पर्ने बताएको छ। आईएमएफका अनुसार आव २०८२÷८३ को पहिलो अर्धवार्षिकमा आर्थिक गतिविधि सुस्त रह्यो भने दोस्रो अर्धवार्षिकमा वृद्धिदर आधारभूतभन्दा ०.६ प्रतिशत विन्दु कम हुनेछ। तर सरकारले आगामी आर्थिक बर्ष नेपालको आर्थिक बृद्धिदर ७ प्रतिशत हुने लक्ष्य राखेको छ ।

त्यस्तै नेपालको चालु आर्थिक बर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर ३ प्रतिशतमा सीमित रहने आइएमएफ्ले उल्लेख गरेको छ । आईएमएफको प्रतिवेदन अनुसार राजनीतिक संक्रमणकालीन अनिश्चितता, २०८२ भदौमा भएको जेनजी आन्दोलनलगायत, ढिलो गरी सुरु भएको मनसुनका कारण प्रभावित कृषि उत्पादन र निजी क्षेत्रको सुस्त लगानीले चालू आर्थिक वर्षको आर्थिक वृद्धिलाई धक्का दिएको हो।

यसका अतिरिक्त मध्यपूर्वमा चर्किएको युद्ध र त्यसका कारण विश्व बजारमा अकासिएको पेट्रोलियम पदार्थको मूल्यको बाह्य धक्काले नेपालको आन्तरिक माग र उत्पादन लागतमा गम्भीर चाप सिर्जना गरेको प्रतिवेदनमा उल्लेख छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?