वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा भित्रियो इतिहासकै सवैभन्दा धेरै रेमिट्यान्स, १० महिनामा साढे १९ खर्ब

नेपालमा भित्रियो इतिहासकै सवैभन्दा धेरै रेमिट्यान्स, १० महिनामा साढे १९ खर्ब
अर्थटुडे
२०८३ जेष्ठ २६, मंगलवार

काठमाडौ । नेपालको इतिहासमा अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको १० महिनामासम्ममा नेपालमा विभिन्न देशहरुबाट भित्रने रकम (रेमिट्यान्स) १९ खर्ब १६ अर्ब ९० करोड पुगेको छ । यो गत बैशाख मसान्तको तुलनामा ४१.२ प्रतिशतले बृद्धि हो ।

केन्द्रिय बैंकका अनुसार वैशाख महिनामा मात्रै नेपालमा २ खर्ब ५७ अर्ब ४९ करोड रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको वैशाखमा रेमिट्यान्स १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ थियो । एक महिनामै सबैभन्दा धेरै रेमिट्यान्स प्राप्त भएको यो नै सबैभन्दा बढी हो ।

अमेरिकी डलरमा पनि रेमिट्यान्स ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड डलर पुगेको छ । गत आवको सोही अवधिमा अमेरीकी डलरमा रेमिट्यान्स १०.६ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्समा उच्च वृद्धि देखिए पनि वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्यामा भने केही गिरावट आएको छ । चालू आवको वैशाखसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५१० रहेको रहेका छ । गत आवको १० महिनामा ४ लाख ५ हजार ६१० जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए ।

तर, पुनः श्रम स्वीकृति लिनेको संख्यामा भने वृद्धि भएको छ। वैशाखसम्म ३ लाख २६ हजार ३६४ नेपालीले पुनः श्रम स्वीकृति लिएका छन्। गत आवको अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक राजगारीका लागि पुन श्रम स्वीकृति लिने नेपाली २ लाख ८० हजार ३१४ जना रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?