वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोशी प्रदेशको बजेट ४० अर्ब ४४ करोड

कोशी प्रदेशको बजेट ४० अर्ब ४४ करोड
अर्थटुडे
२०८३ असार १, सोमबार

विराटनगर । कोशी प्रदेश सरकारले ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट ल्याएकाे छ । आगामी आर्थिक वर्ष २०८३–८४ का प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले साेमबार प्रदेशकाे बजेट संसदमा प्रस्तुत गरेका हुन् ।  जसमा चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पूँजीगत तर्फ २० अर्ब ७५ करोड ९९ लाख र वित्तीय व्यवस्था तर्फ १५ करोड, वित्तीय हस्तान्तरण ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ रहेको छ । यो बजेट चालू आर्थिक वर्षको भन्दा १२.७४ प्रतिशतले बढी हो ।

मन्त्री लिङ्थेपले उक्त खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड, संघबाट आउने वित्तीय समानीकरणबाट ९ अर्ब १२ करोड, सशर्त अनुदान ५ अर्ब ९५ करोड, समपुरक ६४ करोड, विशेष अनुदान ५५ करोड, रोयल्टीबाट प्राप्त हुने रकम ४१ करोड, सोझै भुक्तानीबाट २० करोड र बाँकी अपुग रकम नगद मौज्दातबाट ५ अर्ब व्यहाेरिने उल्लेख गरेका छन् ।

बजेटकाे पुर्ण पाठ

Download PDF

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?