वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ लक्ष्यसहित ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक

‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ लक्ष्यसहित ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
अर्थटुडे
२०८३ असार १, सोमबार

दाङ ।  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, उद्यमशीलता, डिजिटल सेवा विस्तार र आर्थिक समृद्धिलाई प्राथमिकतामा राखिएको बताए।

कुल बजेटमध्ये २२ अर्ब ७१ करोड ६५ लाख रुपैयाँ पूँजीगत तथा ११ अर्ब ११ करोड २७ लाख रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको छ। सरकारले ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को दीर्घकालीन सोचलाई कार्यान्वयन गर्ने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ।

बजेटमा उद्योग स्थापना गर्ने उद्यमीलाई कर छुट, ‘उद्यम विकास कोष’ मार्फत स्टार्टअप प्रवर्द्धन, डिजिटल लुम्बिनी प्रदेश कार्यक्रम, बहुवर्षीय आयोजनाका लागि ४ अर्ब रुपैयाँ, सिँचाइ विकासका लागि ८६ करोड ४१ लाख रुपैयाँ तथा अधुरा आयोजना सम्पन्न गर्न ६६ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ।

शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा समेत विशेष प्राथमिकता दिँदै प्राविधिक शिक्षा, छात्रवृत्ति, दिवा खाजा कार्यक्रम तथा दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका कार्यक्रमलाई निरन्तरता दिइएको छ। साथै बालविवाह न्यूनीकरण, नमुना बस्ती विकास, वन संरक्षण तथा डिजिटल सेवा विस्तारका योजनाहरू पनि बजेटमा समेटिएका छन्।

प्रदेश सरकारले मन्त्रालय पुनःसंरचना गरी आठ मन्त्रालयमार्फत प्रशासन सञ्चालन गर्ने तथा सार्वजनिक, निजी र सहकारी क्षेत्रको साझेदारीमा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको जनाएको छ।

बजेट पुरा हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

Download PDF

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?