वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्माण क्षेत्रको समस्या समाधानका लागि प्रधानमन्त्रीले भेटे व्यवसायी

प्रभावकारी सहकार्य अपरिहार्य रहेको भनाई

प्रभावकारी सहकार्य अपरिहार्य रहेको भनाई
अर्थटुडे
२०८३ असार २५, बिहीबार

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवद्र्धन, भौतिक पूर्वाधार विकासलगायत विषयमा निर्माण व्यवसायीका प्रतिनिधिहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।

उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताए ।

प्रधानमन्त्रीसँग क्षणिक लाभभन्दा माथि उठेर दीर्घकालीन रुपमा निर्माण क्षेत्रलाई अगाडि कसरी लैजाने भन्नेबारे छलफल भएको छ, छलफलमा भाग लिएका एक व्यवसायीले बताए ।

निर्माण व्यवसायीहरुले निर्माण क्षेत्रले भोग्दै आएको भुक्तानी समस्या, म्याद थप नभएको विषय, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । साथै, निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।

आधा घण्टाको समय लिएर गएका व्यवसायीले १ घण्टासम्म प्रधानमन्त्रीसँग छलफल गरेको प्रधानमन्त्री कार्यलयले जनाएको छ । प्रधानमन्त्रीले व्यवसायीसँग समाधान खोजेको समेत आश्वासन दिएका थिए।

निर्माण क्षेत्र रुग्ण अवस्थामा रहेको भन्दै यसलाई सुधार गर्ने समेत प्रधानमन्त्रीले बताएको ति व्यवसायीले बताए । भुक्तानीको समस्या समाधान गर्न मूल्य समायोजनमा प्रधानमन्त्री सकारात्मक देखिएका छन्।

सो छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?