वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जिल्ला आदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपनि विशेषको आदेशले थुनामा नै बस्न बाध्य भट्ट र अग्रवाल

जिल्ला आदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपनि विशेषको आदेशले थुनामा नै बस्न बाध्य भट्ट र अग्रवाल
अर्थटुडे
२०८३ श्रावण १, शुक्रबार

काठमाडौ । जिल्ला अदालत काठमाडौंले व्यवसायीहरु दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएपनि उनीहरु छुट्न पाउने छैनन् । जिल्ला विहिबार जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले तीन फरक मुद्दामा उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएपनि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विशेष अदालतको आदेशले उनीहरु थुनामै रहनेछन् ।

जिल्ला अदालत र विशेष अदालतले अग्रवालसँग तीनवटा मुद्धामा जम्मा ५ करोड ८० लाख रुपैयाँ धरौटी माग गरी छाड्न आदेश दिएको थियो । अग्रवालसँग जिल्ला अदालतले बीमा ऐन अन्तर्गतको कसुरमा दुई कोड, धितोपत्र सम्बन्धी ऐनको कसुरमा २ करोड ३० लाख र विषेष अदालतले धितोपत्र ऐन सम्बन्धी कसुरमा एक करोडा ५० लाख रुपैयाँ धरौटीमा माग गरेको थियो ।

तर सम्पत्ति सुद्धीकरणको कसुरमा भने उनलाई विशेष अदालतले थुनामै राख्ने आदेश दिएको छ । त्यस्तै भट्टसँग जिल्ला अदालतले बीमा ऐन अन्तर्गतको मुद्धामा एक करोड ५० लाख रुपैयाँ धरौटी माग गरको थियो ।

उनीहरु दुवैजनालाई सम्पत्ति शुद्धिकरणको आरोपमा विशेष अदालतले थुनामा पठाएको छ । अर्को मुद्दामा थुनामा पठाएकाले बीमा र धितोपत्र सम्बन्धी मुद्दामा धरौटी बुझाएपनि उनीहरु थुनामुक्त हुन पाउँदैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?