वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तपाईको बार्षिक आम्दानी कति ? तिर्नुपर्ने छ यसरी कर

तपाईको बार्षिक आम्दानी कति ? तिर्नुपर्ने छ यसरी कर
अर्थटुडे
२०८३ श्रावण १, शुक्रबार

काठमाडौ । आर्थिक बर्ष २०८३/८४ को लागि ल्याइएको बजेट आजदेखि लागु हुने भएको छ । शुक्रबारदेखि सरकारले वृद्धि गरेको आयकरको न्यूनतम सीमा (१० लाख) को नयाँ प्रावधान आजदेखि लागु भएको छ ।

अब बार्षिक १० लाख रुपैयाँ कमाउनेहरुले जम्मा एक प्रतिशत मात्र कर तिरे पुग्छ । त्यस्तै सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटाएको छ ।
१० लाख रुपैयाँभन्दा बढी तर १५ लाखसम्म करयोग्य आय भए १० प्रतिशत कर लाग्छ । जस्तै कुनैपनि व्यक्तिको बार्षिक आय १५ लाख रुपैयाँ भए उसले बार्षिक एक प्रतिशतका दरले १० हजार र थप १० प्रतिशतका दरले ५० हजार गरी जम्मा ६० हजार रुपैयाँ कर तिर्नुपर्छ ।

त्यस्तै कुनै व्यक्तिको बार्षिक आयकर २५ लाख रुपैयाँ भए उसले १० लाख सम्मको एक प्रतिशतका दरले १० हजार १५ लाख सम्मके १० प्रतिशतका दरले ५० हजार र बाँकी १० लाखको २० प्रतिशत अर्थात् २ लाख रुपैयाँ गरी बार्षिक २ लाख ६० हजार कर तिर्नुपर्छ ।

त्यस्तै बार्षिक २५ देखि ४० लाख रुपैयाँ सम्मको आयकरमा २७ प्रतिशतले कर लाग्छ । जस्तै कुनै पनि व्यक्तिको आय बार्षिक ४० लाख रुपैयाँ भएमा उसले २५ लाख सम्मको २ लाख ६० हजार र थप १५ लाखको २७ प्रतिशत अर्थात् थप ४ लाख पाँच हजार गरी जम्मा ६ लाख ६५ हजार रुपैयाँ बार्षिक करतिर्नुपर्छ ।

यदी कुनै व्यक्तिकाे आय बार्षिक ४० लाख रुपैयाँभन्दा बढी भएमा आयमा थप २ प्रतिशत बिन्दुले अतिरिक्त कर लाग्ने व्यवस्था बजेटले गरेको छ । अहिले आयकर ऐन २०५८ मा एकल व्यक्तिका हकमा पहिलो ५ लाख रुपैयाँसम्म र दम्पतीका हकमा पहिलो ६ लाख रुपैयाँसम्मको वार्षिक आयमा एक प्रतिशत सामाजिक सुरक्षा करमात्र लिने व्यवस्था छ ।

त्यसभन्दा माथिको अर्को २ लाखमा १० प्रतिशत, अर्को ३ लाखमा २० प्रतिशत, अर्को १० लाखमा ३० प्रतिशत र अर्को ३० लाखमा ३६ प्रतिशत कर लाग्दै ५० लाखभन्दा बढीको आम्दानीमा ३९ प्रतिशत कर लाग्ने कानुनी व्यवस्था छ । तर अब अधिकतम कर जम्मा २९ मा झारिएको छ ।

अब यो व्यवस्था लागु भएपछि दम्पत्तिको हकमा भने कर लाग्ने छैन । सवैलाई व्यक्तिगत आयकरमा नै समेटिने आन्तरिक राजस्व बिभागले जनाएको छ । तर, एकलौटी फर्म दर्ता भएका करदाताका हकमा निवृत्तिभरण बापत आय निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यस खण्ड बमोजिमको कर लाग्ने छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?