वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पुर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल साधारण तारेखमा छुटे

पुर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल साधारण तारेखमा छुटे
अर्थटुडे
२०८३ श्रावण १, शुक्रबार

काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेल साधारण तारेखमा छुटेका छन्। विशेष अदालतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलाई साधारण तारेखमा राख्न आदेश दिएपछि शुक्रबार उनी साधारण तारेखमा छुटेका हुन् ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले शुक्रबार सुनुवाइ गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो। उनलाई यही साउन २८ गतेको तारेख छ ।

व्यवसायी एवं विचौलिया दिपक भट्टसँगको पौडेलको सम्बन्ध रहेकोबारेमा तत्काल प्राप्त प्रमाणहरुबाट खुल्न नसकेको, पौडेलले भट्ट र सुलभ अग्रवालसँग आफ्नो कुनै पनि सम्बन्ध नभएको इन्कारी वयान गरेको, पौडेलको नाममा भट्टको वित्तिय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको समेत नखुलेको भन्दै विशेष अदालतले उनलाई साधारण तारिखमा रिहाइ गरेको हो ।

अदालते प्राप्त प्रमाणहरूबाट विष्णु पौडेलको हकमा विशेष अदालत ऐन, २०५९ को दफा ७ को (ग)को अवस्था विद्यमान रहेको देखियो,’ आदेशमा भनिएको छ।

उक्त दफाले कुनै पक्षलाई तारेखमा राखी पुर्पक्ष गर्ने वा आवश्यक परेका बदत झिकाउने वा खास समयमा हाजिर हुन आउने गरी तारेखमा नराखी पुर्पक्ष गर्ने उल्लेख छ।
यसरी पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी साधारण तारेखमा राख्न आदेश दिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?