काठमाडौं । नेपाल हस्तकला व्यवसायी महासंघले हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहसँग बुधबार भएको छलफलमा महासंघले हस्तकला क्षेत्रका विभिन्न नीतिगत तथा संरचनागत सुधारका प्रस्ताव राखेको हो।
छलफलमा प्रधानमन्त्री शाहले हस्तकला नीति, परम्परागत कला संरक्षण, रोजगारी सिर्जना तथा सीपको पुस्तान्तरणमा सरकार प्रतिबद्ध रहेको बताउँदै निजी–सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठनको प्रस्तावप्रति सकारात्मक रहेको बताए।
महासंघले हस्तकला दिवसलाई राष्ट्रिय रूपमा मनाउने, निर्यातमा रोकिएको पाँच प्रतिशत प्रोत्साहन रकम पुनः उपलब्ध गराउने, सार्क हस्तकला विकास केन्द्रको भवन हस्तकला क्षेत्रकै प्रयोगमा फिर्ता गर्ने, काठमाडौं उपत्यकामा हस्तकला ग्राम स्थापना गर्ने र सातै प्रदेशमा सीप प्रशिक्षण केन्द्र सञ्चालन गर्न माग गरेको थियो। प्रधानमन्त्री शाहले यी विषयमा आवश्यक पहल गर्ने आश्वासन दिएका छन् ।
प्रतिक्रिया