काठमाडौ । बजेटपछि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पहिलो पटक उत्पादनमुलक क्षेत्रका प्रतिनिधिहरुसँग बजेट कार्यान्वयनको विषयमा छलफल गर्न लागेका छन् ।
आज (मंगलबार) अर्थमन्त्री डा.वाग्लेले अर्थ मन्त्रालयमा ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ आयोजना गरेका छन् ।
अर्थतन्त्रमा योगदान दिइरहेका झन्डै तीन दर्जन प्रतिष्ठित उद्योगपतिहरूसँग बजेटको प्रभावकारी कार्यान्वयन र औद्योगिक क्षेत्रका समसामयिक विषयमा केन्द्रित रहेर यो विशेष छलफल हुन लागेको हो ।
यसअघि दैनिकजसो प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रका मानिसहरुसँग भेटेर उनीहरुका गुनासोहरु सुनिरहेका छन् । अर्थमन्त्रीको सचिवालयका अनुसार यो छलफलले उत्पादनमूलक क्षेत्रका लगानीकर्ताहरुको सल्लाह र सुझावलाई सरकारले उच्च प्राथमिकता दिनेछ ।
प्रतिक्रिया