काठमाडौ । नेपाल राष्ट्र बैंकको संचालक समितिमा अर्थसचिव अनिवार्य हुनुपर्ने अर्थमन्त्रालयले स्पष्ट धारणा राखेको छ । मंगलबार प्रतिनिधिसभाको अर्थसमितिको बैठकमा ‘राष्ट्र बैंक ऐन २०५८ संशोधन गर्न बनाएको विधेयक’माथि छलफलमा भाग लिदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तिय नीतिलाई सघाउनका लागिम मौद्रिक नीति ल्याइने भएकोले यसको समन्वयका लागि पनि अर्थसचिव समितिमा रहनुपर्ने जिकिर गरे ।
उनले राष्ट्र बैंकको संरचनाका सन्दर्भमा सञ्चालक समितिमा एक जना महिला सहित ७ जना हुनु उपयुक्त भएको धारणा पनि राखे । कम्तीमा १ जना महिलासहित, ७ जना सञ्चालक समिति हुनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै विधेयकमा ३ जना डेपुटी गभर्नरको संख्या राखिएको भएपनि सो बढी हुने भएकोले २ जना नै उपयुक्त हुने अर्थमन्त्रालयले स्पष्ट पारेको छ । केन्द्रिय बैंकको सञ्चालक समितिमा बस्नेको योग्यता गभर्नरजतिको राख्नु उपयुक्त नै हुने अथएमन्त्रालयकोे भनाइ छ ।
अर्थमन्त्री डा.वाग्लेले राष्ट्र बैंक ऐनलाई धेरै चलाउन नहुने भन्दै दफा १०६ मा रहेको नेपाल सरकारले प्रत्यक्ष निर्देशन दिन सक्ने बुदा हटाउदा केन्द्रिय बैंक थप स्वायत्त भएको दावी गरे ।
विधेयकमा ९ जना संचालक समितिको कल्पना गरिएपछि एक जना महिला सहित ७ जना ठिक हुने धारणा अर्थसचिव डा.धनश्याम उपाध्यायले राखे । सोही कुरामा सहमति जुटेको पनि अर्थसमितिका एक सदस्यले जानकारी दिए ।
प्रतिक्रिया