काठमाडौ । उपभोक्ताले आवश्यकता भन्दा बढी भण्डारण गरेपछि मागमा आएको चापले बजारमा ग्याँस अभाव भएको ग्याँस उद्योगी व्यवसायीहरुले बताएका छन् ।
प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा उद्यागीहरुले बजारमा ग्यासको वास्तविक अभाव नभएको तर आधा सिलिन्डरबाट पुनः भरी सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गर्दा माग एक्कासि बढेकोले अभाव सिर्जना भएको बताएका हुन् ।
छलफलपछि सरकार र व्यवसायीहरु दुवैले गयाँसको समस्या समाधान गर्न र आगामी चाडपर्वमा आपूर्ति सहज बनाउन ग्यास आयात बढाउने, वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन निकायहरूबीच समन्वय गर्ने निर्णय भएको पनि प्रधानमन्त्री कार्यलयले जनाएको छ ।
त्यस्तै मुख्यसचिव काकीीले ग्याँसमा देखिएको समस्याको दीर्घकालीन समाधान खोज्न सरोकारवालाहरूसँग आगामी दिनमा पनि निरन्तर छलफल जारी राख्ने प्रतिबद्धता जनाए ।
पछिल्लो समय बजारमा ग्यास अभाव देखिएपछि सरकारले चासो देखाएको थियो ।
पश्चिम एशियाको द्वन्द्वपछि ग्यास आपूर्ति सहज गर्न सरकारले ७.१ किलोग्रामको आधा सिलिन्डर दिने गरेकोमा पुनः १४.२ किलोग्रामको भरी सिलिन्डर वितरण सुरु गर्दा बजारमा एकाएक माग बढेको व्यवसायीहरुको धारणा थियो।
व्यवसायीहरुले पहिलेभन्दा बढी ग्यास आयात भइरहेको तर उपभोक्ताहरुले आवश्यकभन्दा बढी भण्डारण गर्ने गरेकाले समस्या निम्तिएको बताए।
प्रतिक्रिया