काठमाडौ । सरकारले लगानी बोर्डको प्रमूख कार्यकारी अधिकृत (सिइओ) मा याङ्की उक्यालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले याङ्कीलाई सिइओ नियुक्त गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उनलाई लगानी बोर्डको सिइओमा नियुक्त गरिएको हो ।
याङ्की युएनडीपी (युनाइटेड नेशन्स डेभलपमेन्ट प्रोग्राम)की कर्मचारी हुन् । उनले युएनडीपीमार्फत विभिन्न देशमा काम गरिसकेकी छन् भने पछिल्लो समय उनी फिजीमा कार्यरत रहेकी थिइन् ।
याङ्कीले यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तथा लगानी बोर्डमा समेत काम गरिसकेकी छिन् ।
उनले आर्थिक नीति र विकस अर्थशास्त्र विषयमा संयुक्त राज्य अमेरिकास्थित युनिभर्सीटी अफ मिसौरीबाट अर्थशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेकी छिन् ।
प्रतिक्रिया